काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ९६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् भने संक्रमणकै कारण १३ जनाको मृत्यु भएको छ।
देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ३७८ जनामा पीसीआर परिक्षण गरिएकोमा ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ भने ७ सय २७ जनाको एन्टिजेन परिक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ। आइतबार नै १ सय ३८ जना सङ्क्रमित निकाे भएर घर फर्किएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ६ रहेको छ। क्वारेनटिनमा ८५ जना रहेका छन्। हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ।