• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

प्रहरीको गोली लागेका जेकब ब्लेकका परिवारलाई भेटेनन् राष्ट्रपति ट्रम्पले

  •  एजेन्सी
  • १७ भाद्र २०७७, बुधबार १४:३८ प्रकाशित
    Advertisement
    तस्बिर: राेयटर्स

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रहरीको गोली प्रहारबाट एकजना अश्वेत पुरुष शक्त घाइते भएको विस्कन्सिन राज्यस्थित केनोशा शहरको भ्रमण गरेका छन्। २३ अगस्टमा प्रहरीले त्यहाँ जेकब ब्लेकलाई गोली प्रहार गरेर घाइते बनाएपछि केनोशामा प्रदर्शनहरू भएका थिए।

    हिंसात्मक आन्दोलनको अवस्था सिर्जना भएपछि ट्रम्प कानुन कार्यान्वयनलाई बल दिन भन्दै त्यहाँ पुगेका हुन्। ट्रम्पले त्यहाँ गोली लागेका जेकब ब्लेकका परिवारलाई भने भेटेनन्।

    ब्लेकका परिवारले आफ्ना वकिलहरूको उपस्थितिमा भेट हुनुपर्ने भनेपछि नभेटेको ट्रम्पले बताए। त्यसअघि ब्लेकका बुवाले सीएनएनसँगको अन्तर्वार्तामा आफ्ना छोराको जीवन राष्ट्रपतिलाई भेट्नुभन्दा महत्त्वपूर्ण रहेको बताएका थिए।

    उनको भनाइ थियो,’म यो राजनीतिमा मिसिन चाहन्न। यसको राष्ट्रपतिसँग जोडेर फोटो खिच्नुको कुनै अर्थ छैन।’ ब्लेक परिवारका आफन्त एवम् साथीहरूले समेत त्यहाँ भएको ट्रम्पको भ्रमणको आलोचना गरेका छन्।

    ट्रम्पले प्रदर्शनबाट ध्वस्त भएका क्षेत्र पुगेर अमेरिकी प्रहरीले गरेका कार्यको प्रतिरक्षा गरेका थिए। तर त्यहाँ उनले सञ्चारमाध्यमहरूले प्रहरीहरू मुछिएका खराब घटनामा मात्र जोड दिएको आरोप लगाए।

    उनले त्यहाँका व्यापारिक नेताहरूसँग छलफल गर्दै ‘त्यो शान्तिपूर्ण प्रदर्शनमा हुने काम नभएको’ बताए। देशको मध्यपश्चिममा रहेको उक्त शहरमा पुगेर ट्रम्पले त्यहाँ विध्वंस हुनुमा घरेलु त्रासु जिम्मेवार रहेको बताए।

    ब्लेक परिवारकी एकजना साथी तान्या म्यालिनले ट्रम्प त्यहाँ ‘त्रास फैलाउन, समूदायहरूलाई विभाजित गर्न र पुर्ननिर्वाचित हुने अभीष्ट बोकेर पुगेको’ आरोप लगाइन्।

    मङ्गलवार ट्रम्पको भ्रमण हुनुअघि पूर्वउपराष्ट्रपति जो बाइडनले भनेका थिएस् ‘आगो दन्किरहेको छ र हाम्रा राष्ट्रपतिले त्यसलाई निभाउन छाडेर त्यो फुँकिरहेका छन्।’

    राष्ट्रपतिले बलियो कानुनी व्यवस्थालाई जोड दिइरहेको बताइरहँदा बाइडनले भने ‘ट्रम्पले रङ्गभेदी विभाजनलाई उकासिरहेको’ आरोप लगाएका छन्।

    नोभेम्बरमा हुने राष्ट्रपति चुनावका मत सर्वेक्षणहरूमा डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनको अग्रता देखिए पनि ट्रम्पले त्यसलाई साँघुरो पार्दै लागेका छन्।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना नियोजितः अमेरिकी सञ्चार माध्यम
    दुई महिनाभन्दा बढी समयदेखि फसेका सयौँ युक्रेनी लडाकुको उद्धार
    ७० वर्षयताकै सबैभन्दा नराम्रो आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पेट्रोल हाहाकार
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.