मोरङ । विराटनगर महानगरपालिका ४ कञ्चनबारीबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित ५ जनालाई माेरङ प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ बस्ने २७ वर्षीय अभिषेक राय, २८ वर्षीय रविन शर्मा, २६ वर्षीय किसन साह, सप्तरी बोदेबसाईन ८ का २७ वर्षीय नन्दकिशोर साह र विराटनगर ८ मा भाडामा बस्दै आएका २७ वर्षीय राजु साह रहेका छन् ।
व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल र उनीहरूले प्रयोग गरेको को३२प ७५२५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
घटनाउपर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।