काठमाडौँ । दिल्लीमा एकसाता लकडाउनको घोषणा गरिएको छ ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले कोरोना संक्रमण बढेको कारण आज रातीदेखि लागु हुनेगरि एक सातासम्म लकडाउनको घोषणा गरेका हुन् ।
भारतमा दोस्रो लहरको कोरोना भाइरसले महामारीको रुप लिएको छ । दिनहुँ दुई लाख भन्दा बढी मानिसमा संक्रमण भेटिएपछि त्यहाँको सरकारले लकडाउन घोषणा गरेको हो ।
मुख्यमन्त्री केजरीवालले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि छोटो अवधीको लकडाउन गरिएको बताएका छन् । उनले यसलाई बढाउने सम्भावना कम भएको पनि बताएका छन् ।
लकडाउन अवधीमा अत्यावश्यक सेवा भने खुला रहने छ । खाद्यान्न पसल, अस्पताल लगायतका अत्यावश्यक सेवामा भने रोक नलगाइएको मुख्यमन्त्री केजरीवाललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
दिल्ली में तेज़ी से बढ़ते कोरोना मामलों के मद्देनज़र एक महत्वपूर्ण घोषणा | Press Conference | LIVE https://t.co/zAECIEcZ53
— Arvind Kejriwal (@ArvindKejriwal) April 19, 2021