काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ३८८ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा सर्वाधिक ३५० जनामा संक्रमण भेटिएको छ । ललितपुरमा २९ जना र भक्तपुरमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा बुधबार मात्रै कोरोनाभाइरसका १,१२० जना थपिएका हुन् । त्यति नै अवधिमा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मुलुभर कुल संक्रमितको संख्या ४१,६४९ पुगेको छ । मृत्यु हुनेको संख्या भने २५१ रहेको मन्त्रालयले जनाएको छ । बुधबारसम्म देशभर सक्रिय संक्रमित १८,१०८ जना रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
जसमध्ये ७,६१५ जना घरमा र १०,४४३ जना संस्थागत आइसोलेसनमा रहेको अभिलेख मन्त्रालयमा छ । मृतकमध्ये ६ पुरुष र ६ महिला छन् । उनीहरू १८ वर्षदेखि ९७ वर्षसम्म भएको डा. गौतमले जानकारी दिए ।
मृतकमध्ये काठमाडौं उपत्यकाका २ महिला र २ पुरुष तथा चितवनका २ महिला छन् । तनहुँ, कपिवस्तु, बारा र धादिङका १÷१ जनाको कोरोनाका कारण निधन भएको हो ।
बितेको २४ घण्टामा मुलुकभरमा १,११२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमितमध्ये ५६ प्रतिशत अर्थात् २३,२९० जना निको भइसकेका छन् ।