काठमाडौं । गायक प्रताप दासको स्वरमा ‘अञ्जानैमा…’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सरोज पोखरेलद्वारा संगीतबद्ध गीतको रचना सत्यराज चौलागाईंले गरेका हुन् ।
भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भैसकेका दीपक घिमिरे र मिनाक्षी महतारा फिचर्ड छन् ।
नितिन चन्दले म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् ।
सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले ड्रेस डिजाइन गरेकी छिन् ।
भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधवार साँझ सार्वजनिक गरिएको हो ।