• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

धौलागिरी अस्पतालमा प्लाज्मा थेरापीको तयारी

  •  रासस
  • १७ भाद्र २०७७, बुधबार २२:०९ प्रकाशित
    Advertisement
    तस्बिर: गुगल

    बागलुङ ।  धौलागिरी अस्पताल बागलुङले प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी थालेको छ ।

    यसका लागि अस्पतालले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वीकृतिका लागि पत्र पठाएको छ । परिषद्को अनुमतिपछि मात्रै यो विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्न पाइने व्यवस्था छ ।

    “अवस्था के कस्तो आउँछ आँकलन गर्न सकिँदैन”, अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोख्रेलले भने, “त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको उपचार सफल भएपछि हामी पनि यसबाट उत्साहित छौं र यहाँ पनि यो विधिबाट उपचार गर्न तयारीमा जुटेका छौं ।”

    अस्पतालले यसको अनुमतिसँगै रगतबाट प्लाज्मा छुट्याउन सेन्ट्रिफिक मेसिन पनि माग गरेको छ । “अनुमति र उपकरण प्राप्त भएपछि अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सक्छ”, उनले भने , ‘कोरोना सङ्क्रणबाट निको भएकाले प्लाज्मा दिन तयार हुँदा मात्रै हामी यसमा सफल हुन्छौं ।”

    अनुमति र मेसिन आएलगत्तै प्लाज्मा थेरापी विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्न सकिने उनले बताए ।

    यो उपचार प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा सङ्क्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ ।

    कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ सङ्क्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ । प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ । यसमा भाइरस, ब्याक्टेरियाबाट हुने सङ्क्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो ।

    कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुने दाबी चिकित्सकको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम
    तीन बजे नवनियुक्त मन्त्रीको शपथ
    दोस्रो पटक विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Local Singles Dating Reviews Ryan Grocery & Processing, Inc

    • २.
      ‎Tinder Dating New People On The App Store

    • ३.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • ४.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ५.
      इलाम कारागारबाट थुनुवा फरार

    • ६.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ७.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.