काठमाडौं । एक साताअघिसम्म काठमाडौंको मौसम अत्यास लाग्दो थियो । वायु प्रदूषणका कारण उकुसमुकुस लाग्ने मौसमलाई दुई/तीन दिनको वर्षाले पखालेपछि अहिले सफा भएको छ ।
नयाँ भेरियन्टको कोरोना भाइरसका कारण व्यक्ति स्वयंमले सतर्कता अपनाउँदा पनि राजधानीका सडकमा सवारी कम गुडेका छन् । सडकपेटीमा पनि औसतभन्दा कम बटुवाको चहलपहल देखिन्छ ।
तिनै सडकपेटीमा पैदलयात्रीको चाप कम हुँदा त्यहीँमाथि बैजनी निलो ज्याकाराण्डा फूलले ध्यान खिचेको छ ।
ज्याकाराण्डा फूलेर निलाम्य हुँदा राजधानीको शोभा बढाएको छ । सुन्धारा, रत्नपार्क, सिंहदरबार सडक छेउमा फूलेका सुन्दर ज्याकाराण्डा फूललाई मेनसमाचारकर्मी सन्देश शर्माले आफ्नो लेन्सबाट केही तस्बिर उतारेका छन् । हेरौं ।