• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नेकपा कार्यकर्तालाई निर्देशन: राहत, उद्धार र पुनः स्थापनाका लागि परिचालित हुनु

  •  रासस
  • १८ भाद्र २०७७, बिहीबार २२:०३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तस्बिर: गुगल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाढीपहिराका कारण समस्यामा परेका नागरिकको राहत, उद्धार र पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले बुधबार बाग्लुङको ढोरपाटनमा गएको पहिरामा परी जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको हो ।

    ढोरपाटनको बाढीमा परेर १४ जनाको निधन भएको छ भने करीब ३५ जना सम्पर्कविहीन भएका छन् । यस्तै केही स्थानीयवासी घाइते भएका छन् ।

    बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो “बाग्लुडको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति सचिवालय बैठकले दुःख प्रकटका साथ मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सरकारलाई राहत, उद्धारका लागि तीव्रताका साथ लाग्न आग्रह गरेको छ । यस्तै पार्टीका सबै कमिटीलाई उद्धार र राहतको काममा लाग्न निर्देशित गरेको छ ।”

    बैठकमा कोभिड –१९ को निराकरणका सन्दर्भमा सरकारका तर्फबाट भएका कामकारवाहीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले सामाजिक सद्भाव सहिष्णुता कायम राख्दै सिंगो राष्ट्र एक जुट भएर विपद्का समयमा उद्धार, राहत, पुनःस्थापनाका लाग्न सबैलाई अपिल गर्ने निर्णय गरेको छ ।

    यस्तै बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि संक्षिप्त छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यदलबाट प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण सुझावलाई आधार बनाउँदै आजको सचिवालय बैठकमा व्यक्त विचारलाई समेत ध्यान दिई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आवश्यक कार्यसूची तयार पार्न बैठकले जिम्मा दिएको छ ।

    यस्तै स्थगित स्थायी कमिटीको बैठक छिट्टै बोलाउने र पार्टीको नयाँ ठोस कार्ययोजनासहितको निर्णय प्रस्तावलाई अन्तिम मस्यौदा तयार पार्नसमेत अध्यक्षद्वयलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण
    अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      काठमाडौँबासीको दुई दशकदेखिको पूरा भयाे ‘मेलम्ची’ सपना

    • २.
      आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ३.
      जागीरबाट अवकाश लिएपछि कागती खेतीतर्फ

    • ४.
      चितवनमा दोस्रो चरणको खोप ७३ स्थानबाट

    • ५.
      ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ६.
      आगलागीबाट ४५ लाखबराबरको क्षति

    • ७.
      महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ४.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.