काठमाडौँ । धादिङका प्रदेश सभा सांसद डा रामकुमार अधिकारी बागमती प्रदेश सरकारमा राज्यमन्त्री बनेका छन् ।
बुधबार बागमतीका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गर्दै डा अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बिस्तारित मन्त्रिमण्डलमा ३ मन्त्री र ७ जना राज्यमन्त्री भएका छन् ।
स्राेतका अनुसार केशव पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री र सरस्वती बस्नेत र सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् ।
चारै जना नवनियुक्त मन्त्रीहरुलाई आजै अपराह्न सपथ ग्रहण गराउने तयारी मुख्यमन्त्रीले गरेका छन् ।