• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

ढोरपाटन बाढी पहिरो: शव भेटिएका मध्ये ४ जनाको सनाखत

  •  मेन समाचार संवाददाता
  • १९ भाद्र २०७७, शुक्रबार १०:११ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    बलेवा । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ।

    पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ।

    शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

    उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ।

    घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताए। रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन्।

    केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन्।

    कति क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए।

    पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् ।

    अधिकांश घरको भग्नावशेषसमेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ ।

    ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन
    मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना
    दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन

    • २.
      मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना

    • ३.
      दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे

    • ४.
      सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा

    • ५.
      नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण

    • ६.
      आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?

    • ७.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ३.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ४.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ५.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ६.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    • ७.
      हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.