काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १,३५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यति नै समयमा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमित संख्या देशभर ४४,२३६ पुगेको छ ।
संक्रमितमध्ये देशभर २५,५६१ जना निको भइसकेका छन् । २७१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार १८,४०४ जना संक्रिय संक्रमित रहेको बताए । जसमध्ये ७,४६२ जना घरमै र १०,९४२ जना संस्थागत आइसोलेसनमा छन् ।
देशभर संक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा अत्यधिक रहेको देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ४५४ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । आज १,३५४ जना संक्रमण मुक्त भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।