काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन झण्डै तीन हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टाको अवधिमा उपत्यकामा २ हजार ९ सय ५६ जना संक्रमित भेटिएका हुन् ।
जसअनुसार काठमाडौँमा मात्रै २ हजार ४ सय ४४ संक्रमित थपिएका छन् । त्यस्तै ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ संक्रमित थपिएका छन् ।
शुक्रबार देशभर ५ हजार ७ सय २७ संक्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।