काठमाडौँ । सोमबार नेपालमा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार एकैदिन ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १६ हजार ६५८ पीसीआर र ५१८ जनामा एन्टीजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षण गरिको मध्य ७ हजार ३८८ जना र एन्टीजेन परीक्षणमा ६० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । सोमबार नै ३७ जना संक्रमितको निधन भएको छ । यो संख्या पनि हालसम्मकै धेरै हो । कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।
मन्त्रालयका अनुसार आज दुई हजार २१ जना निको हुँदा निको हुनेको कुल संख्या २ लाख ८६ हजार १५ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ ।