काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले कोरोन परीक्षणका लागि स्वाब दिएका छन् ।
बुधबार संघीय संसद भवनको ल्होत्से हलमा सांसदहरुको स्वाब संकलन गरिएको हो ।
सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षणका लागि आज स्वाब संकलन गरिने छ ।
भोलिसंघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ।
बैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि प्रतिनिधि सभाको अधिवेशन बोलाएका छन् । सोहीका लागि संसद सचिवालयका कर्मचारी र सांसदहरुमा कोरोना परीक्षण गर्न लागिएको हो ।
तस्बिरहरुः