काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।
बिहान पार्टीको स्थायी कमिटी बैठक लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिँदै छन् । एमालेभित्र विद्रोह गरिरहेको माधव नेपाल पक्षले सामूहिक रुपमा सांसदबाट राजीनामा गर्ने चेतावनी दिँदै आएको छ ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्नुलाई चासोका साथ हेरिएको छ ।