काठमाडौं । नेकपा एमाले भित्रको चुलिएको अन्तरकलहले अन्ततः औपचारिक फुटको संघारमा पुग्नै लाग्दा तल्लो तहबाट शीर्ष नेताहरुलाई निरन्तर पार्टी जोगाउन दबाब आइरहेको छ ।
गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्षले समेत शुक्रबार एक संयुक्त वक्तव्य जारी गर्दै जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै पार्टी जोगाउन अनुरोध गरेका छन् ।
‘हाम्रो पार्टी भित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरोविरोधहरु देखा परिरहेका छन् । यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याई रहेको हामीले महशुस गरिरहेका छौं,’ वक्तव्यमा भनिएको छ, ‘हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं ।’