काठमाडौँ । पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने यो हालसम्मकै सर्वाधिक संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १८ हजार ४११ नमूना परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ ।
सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् । त्यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।