• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

पोखराको बसपार्क बन्ने आशा, अतिक्रमित संरचना हटाउन समिति गठन

  •  मेन समाचार संवाददाता
  • २१ भाद्र २०७७, आईतवार १९:०१ प्रकाशित
    Advertisement
    फाइल तस्बिर-गुगल

    पाेखरा । पोखरा पृथ्वीचोकस्थित बसपार्कका अतिक्रमित घर टहरा व्यवस्थापनका लागि वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा समिति गठन भएको छ ।

    बिहीबार बसेको पोखरा नगरकार्यपालिका बैठकले वडाध्यक्ष आचार्यको नेतृत्वमा बसपार्कमा भएका घरटहरा व्यवस्थित गरी जग्गा प्राप्ति तथा खोजतलास समिति गठन भएको हो ।

    तत्काललाई संयोजक मात्र तोकिएको र पूर्णता दिने काम छिट्टै सक्ने महानगरका प्रवक्ता समेत रहेका ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

    ‘त्यहाँ भएको जग्गाको व्यवस्थापनको पाटो पहिलो प्राथमिकतामा रहनेछ,’ प्रवक्ता नेपालीले भने, ‘जग्गाको व्यवस्थापन भइसकेपछि उपत्यका नगर विकास समितिको बजेट पनि छ । बजेट कार्यान्वयनका लागि बाटो खुल्छ । सिटी बसपार्कको काम बढ्छ ।’

    बसपार्क बन्ने जग्गामा सरकारी, अर्धसरकारी, सामाजिक संघसंस्था, व्यक्तिगत अन्तर्गतका लालपुर्जा भएका र नभएकाहरुको संरचना भएकाले त्यसको उचित व्यवस्थापन समितिमार्फत हुने उनले बताए ।

    बसपार्क निर्माणको कामलाई अघि बढाउन वडा ९ का अध्यक्ष रामराज लामिछानेको संयोकत्वमा वडा ७ र ८ का अध्यक्ष सदस्य रहने गरी १ वस्तुस्थिती छानबिन समिति बनाएको थियो ।

    उक्त समितिले २०७५ फागुन १० गते कार्यपालिका बैठकबाट जिम्मेवारी पाई ०७६ वैशाख ६ गते पेस गरेको थियो । १ सय ८१ पेजको उक्त प्रतिवेदनमा बसपार्क क्षेत्रमा अतिक्रमित घरटहराको लगत बुझाएको छ ।

    समितिका संयोजक लामिछानेका अनुसार कृष्णटोलमा १ सय ९४, गणतन्त्रटोलमा ९६ र शिवटोलमा १ सय २२ गरी ४ सय १२ घरटहरा रहँदै आएको उल्लेख छ । तीमध्ये अधिकांश नगर विकास समितिकै जग्गामा बनेका घरटहरा रहेको वडाध्यक्ष लामिछानेले बताए ।

    ‘नापी, मालपोत कार्यालयहरुमा गएर तथ्य प्रमाण हेरेर फिल्डमा गहन अध्यन गरेर उक्त प्रतिवेदन बुझाएका थियौं,’ उनले भने, ‘वस्तुस्थितिसहितको प्रतिवेदनमा हामीले व्यक्तिका भएका घरटहराको पनि अन्तर्यमा पुगेर वास्तविक सुकुम्बासी भए नभएको यकीन गरेका छौं ।’ अन्यत्र जग्गा हुने व्यक्ति बसपार्कको जग्गा अतिक्रमण गरेर बस्ने गरेको पनि समितिले अध्ययनको क्रममा फेला पारेको उनले बताए ।

    पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा २०३२ सालमा २ सय ५ रोपनी जग्गा सरकारले बसपार्कका निमित्त हस्तान्तरण गरेको थियो । बाटोमाथि सरकारी कार्यालयहरुले भोग चलन गरेकाले पहिलेकै जति क्षेत्रफल भने अहिले भेटिँदैन । हाइवेसमेतको क्षेत्रफल त्यसैमा गाभिएकाले बसपार्कको एरिया साँघुरिएको छ ।

    ‘नगर विकासको नाममा भएको पहिले चाहिँ २ सय ५ रोपनी हो । त्यो अहिले छैन । त्यसमा हाइवे पनि परेको छ । नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ ती कार्यालय पनि परेका छन्,’ उनले भने, ‘त्यसमध्येमा पनि टुक्रिँदै टुक्रिँदै आएर १ सय ८१ रोपनी थियो । त्योभित्र सुकुम्बासी बसेकाले अहिले ४०/४१ रोपनी बाँकी होला । अन्य क्षेत्रफल अतिक्रमित छन् ।’

    बसपार्क निर्माणका लागि घरटहरा व्यवस्थित गर्ने क्रममा पनि वास्तविक सुकुम्बासीलाई मात्र जग्गा दिएर विकल्प दिन आफूले माग गरेको वडाध्यक्ष लामिछानेको भनाई छ । सुकुम्बासीको नाममा अन्यले लाभ लिन नहुने उनले बताए ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम
    तीन बजे नवनियुक्त मन्त्रीको शपथ
    दोस्रो पटक विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ‎Tinder Dating New People On The App Store

    • २.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • ३.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ४.
      इलाम कारागारबाट थुनुवा फरार

    • ५.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ६.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ७.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.