पोखरा । पोखराका ४ वडामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मंगलबारको अपडेटअनुसार पोखरामा सहित प्रदेशमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।
थपिनेमा पोखरा १४ (१), १५ (१), १२ (२) र २७ (१) जना छन् । नवलपुर गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकामा गरी थप ६ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकीमा संक्रमितको संख्या २,६१२ पुगेको निर्देशनालयले जनाएको छ । मृत्यु हुनेको संख्या २० पुगेको छ ।