पोखरा । पोखरा फुड्स प्रालिका थप २४ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारसम्म ५९ जनामा कोरोना पुष्टि भइसकेकोमा मंगलबार थप २० जना पुरुष र ४ जना महिलामा संक्रमण भेटिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । पार्कल्यान्ड अस्पतालकी २७ वर्षीया चिकित्सकमा समेत कोरोना भेटिएको छ ।
यीसहित गण्डकीमा थप ३८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तनहुँमा ३ जना, बागलुङमा ९ जना संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकीमा संक्रमितको संख्या २,६५० पुगेको छ । मृत्युहुनेको संख्या २० पुगेको निर्देशनालयले जनाएको छ ।