• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

राष्ट्रिय गौरवका आयोजनामा पर्याप्त बजेट र अख्तियारी चाहियाे: रक्षा मन्त्रालय

  •  मेन समाचार संवाददाता
  • २३ भाद्र २०७७, मंगलवार १४:२० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    काठमाडौं। रक्षा मन्त्रालयले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको सुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हाँसिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ।

    आयोजना कार्यान्वयनलाई प्रभावकारी तुल्याउन सम्बोधन गर्नुपर्ने विषयका रूपमा पहिचान गर्दै रक्षा मन्त्रालयले यस्ता कुरालाई अन्तरमन्त्रालयले विशेष महत्वका ग्रहण गर्न सुझाव दिएको छ।

    मन्त्रालयले कालीगण्डकी करिडोर, कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ, खाँदवारी–सङ्खुवासभा, दार्चुला–तिङ्करलगायतका सडक निर्माणका लागि आर्थिक वर्षको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारीको आवश्यकता औँल्याएको छ।

    गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित राष्ट्रिय गौरव तथा प्राथमिकताका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा राष्ट्रिय विकास समस्या समाधान समिति बैठकका निर्णय कार्यान्वयन स्थिति र आगामी कार्यक्रमको केही समयअघि भएको समीक्षामा यस्तो निष्कर्ष निकालिएको हो ।

    वन तथा वातावरण मन्त्रालयबाट राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयनका लागि बजेट तथा अख्तियारी पनि समयमै सुनिश्चित गर्न रक्षा मन्त्रालयले सुझाव दिएको छ।

    नेपाली सेनालाई निर्माण कार्यको नयाँ जिम्मेवारी प्रदान गरिएको सङ्खुवासभा–किमाथाङ्का सडकका लागि अघिल्लो वर्ष बजेट २०७७ वैशाखमा मात्र निकासा हुँदा रकम फिर्ता गर्नुपरेको विषय समीक्षामा प्रमुखताका साथ राखिएको थियो।

    काठमाडौँ–तराई–मधेश द्रुतमार्गलाई निर्धारित समयमा पूरा गर्न खोकना क्षेत्रको जग्गाको मुआब्जा वितरणसम्बन्धी विवादलाई यथाशीघ्र समाधान गर्नुपर्ने आवश्यकतामा पनि जोड दिइएको छ।

    आयोजनालाई द्रूतरूपमा अघि बढाउन निर्माणस्थल आसपासका वनजङ्गल, खोलानाला, खानी, ऐलानी तथा सरकारी जग्गाबाट आवश्यकताअनुसारको निर्माण सामग्री उत्खनन गरी सहजरूपमा प्रयोग गर्न स्पष्ट कानूनी व्यवस्था मिलाउन पनि आवश्यक देखिएको मन्त्रालयले जनाएको छ।

    लकडाउनका कारणले द्रूतमार्गसहित आयोजनमा उपकरण पुर्याउन र प्राविधिकको परिचालन गर्न बाधा पुगेकाले वार्षिक कार्यप्रगतिको लक्ष्य हासिल गर्न कठिनाइ हुने देखिएको छ।

    यद्यपि सेनाको व्यवस्थापनमा अघि बढिरहेका कतिपय आयोजनाको वार्षिक प्रगति निकै उत्कृष्ट रहेको छ । कालीगण्डकी करिडोर, कर्णाली–करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक र दार्चुला–घाँटीबगर गोरेटो र घोडेटो ट्र्याक निर्माणको अघिल्लो आर्थिक वर्षको कार्यप्रगति ८० प्रतिशतभन्दा माथि थियो ।

    आयोजना अघि बढाउने सन्दर्भमा अन्य मन्त्रालयबाट सहमति र स्वीकृति लिनपर्नेमा समयमै सहमति नहुँदा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको काम उल्झनमा परेको विषयलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो । वन तथा वातावरण मन्त्रालयबाट रुख कटानको सहमति समयमै प्राप्त नहुँदा केही समय कार्यक्रम अघि बढाउन उल्झनमा परेको थियो ।

    कतिपय कार्यक्रमको बजेट निकासा ढिलो हुँदा समयमै ठेक्कापट्टाको कार्य अघि बढाउन नसकिएको मन्त्रालयले भनाइ छ।

    भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको बजेट मङ्सिरमा मात्र प्राप्त हुँदा वार्षिक लक्ष्य पूरा गर्न नसकिएको जनाइएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    आगलागीबाट घर जलेर नष्ट लमजुङमा
    आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज
    अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बेलहिया सडक निर्माणको काम शनिबारबाट हुने

    • २.
      प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् ९ वटा कार्यसूची

    • ३.
      महिला टेनिस स्टार सेरेनाद्धारा सन्यासको घोषणा

    • ४.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • ५.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ६.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • ७.
      आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ६.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ७.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.