• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

देवेन्द्र पौडेलले भने, ‘अब नेकपामा विवाद छैन’

  •  मेन समाचार संवाददाता
  • २३ भाद्र २०७७, मंगलवार १९:३७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर: गुगल

    बागलुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताउनुभएको छ । जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसमा उहाँले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने बताउनुभयो ।

    “पार्टीमा अब विवाद छैन, स्थायी समिति बैठक पनि बस्दैछ, एकता सुदृढ बन्छ”, नेता पौडेलले भन्नुभयो, “शहीदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध गर्नुको अर्को विकल्प छैन ।” गणतन्त्र स्थापनादेखि पछिल्लो राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानलाई कसैले पनि कम आँक्न नहुने उहाँको भनाइ छ ।

    “कसैले हिजोको आन्दोलन र बलिदानलाई लिएर तुच्छ टिप्पणी गरेको हामी पाउँछौँ, त्यो अल्पज्ञान हो”, उहाँले भन्नुभयो, “जनयुद्ध समाज रुपान्तरणका लागि लिइएको सचेत पहलकदमी थियो ।” बागलुङ–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता पौडेलले शहीद वाग्लेलाई दृढ इच्छाशक्ति भएको क्रान्तिकारी व्यक्तित्वका रुपमा स्मरण गर्नुभयो ।

    “उहाँसँगै एउटै समिति र मोर्चामा बसेर मैले पनि काम गर्ने अवसर पाएको थिएँ, विचार, राजनीतिमा पोख्त, शैन्यकौशल भएको र कुशल योजनाकारका रुपमा उहाँ चिनिनुहुन्थ्यो”, नेता पौडेलले भन्नुभयो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्वारा सञ्चालित जनयुद्धमा शहादत प्राप्त गर्नेमा वाग्ले सबैभन्दा उपल्लो तहको नेता हुनुहुन्थ्यो ।

    पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य रहनुभएका गोरखाका वाग्ले र अर्का नेता पोखरेललाई पार्टी कामका सिलसिलामा हिँडिरहेका बेला आजकै दिन विसं २०५६ मा प्रहरीले हत्या गरेको थियो । स्मृति दिवस समारोहमा बोल्दै नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले शहीदले देखाएको बाटोलाई आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो ।

    “जनयुद्धमा भएको त्यत्रो ठूलो बलिदान कुनै ठट्टा होइन, अहिलेका उपलब्धि ल्याउनमा त्यसको ठूलो भूमिका छ”, उहाँले भन्नुभयो, “राजनीतिक ढङ्गले परिवर्तनत ग¥यौैँ तर शहीदले देखेको समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्न हाम्रो व्यवहार, कार्यशैली सही छ त ? समीक्षा गर्नुपर्ने बेला भएको छ ।”

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ: नैनसिंह महर
    नागरिकता विधेयक ल्याउन र लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग
    प्रमुख दल कांग्रेस र माओवादी केन्द्रकी सांसदको मत बाझियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.