चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पुरा गरेका छन् । पोर्चुगलका कप्तान रोनाल्डो १०० गोल पुरा गर्ने पहिलो युरोपियन खेलाडी बनेका छन् ।
फुटबल दुनियाँमा प्रवेश गरेसँगै रोनाल्डोले ५७ गोल फ्रि किक मार्फत गरेका छन् । १०० गोलको कीर्तिमानी यात्रा पुरा गरेपछि पोर्चुगलले नेसन्स लिग फुटबलमा जित समेत हात पारेको छ ।
गएरातिको खेलमा रोनाल्डोको सहयोगमा पोर्चुगलले स्विडेनलाई २–० ले हराएको हो । पहिलो हाफको अन्तिम मिनेमा रोनाल्डोले गोल गरेका थिए । उक्त गोल रोनाल्डोका लागि महत्वपूर्ण १०० गोल पुरा गराउन सहयोग गरायो ।
हालसम्म रोनाल्डो भन्दा बढि गोल गर्ने एक मात्र खेलाडी इरानका अलि डेइले सन् १९९३ देखि २००६ सम्ममा १ सय ९ गोल गरेको रेकर्ड छ ।
सर्वाधिक गोल गर्दै रेकर्ड राख्ने अन्य खेलाडीमा अर्जेन्टिनाका लियोनल मेस्सी र भारतका सुनिल क्षेत्री रहेका छन् । हालसम्म मेस्सीले ७० गोल र भारतका सुनिल क्षेत्रीले ७२ गोल गरेका छन् । एजेन्सीकाे सहयाेगमा