काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीको आगामी महाधिवेशनमा फेरि सभापति लड्ने बताएका छन् ।
आफूनिकट केही केन्द्रीय सदस्यहरुलाई बुढानीलकण्ठ बोलाएर देउवाले पुनः सभापतीमा लड्ने बताएका ह्न् । ‘म फेरि सभापति लड्दैछु, अव महाधिवेशन कार्यतालिका अनुसार नै हुन्छ, तयारीमा जुट्नुस्,’ देउवालाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
देउवाले बोलाएको छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा डीला संग्रौला, सुजाता परियारलगायत सहभागी भएका थिए ।
काग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका अनुमोदन गरेको छ ।