• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

५० प्रतिशत अस्पतालबाटै हुन्छन् कोरोना संक्रमित

  •  मेन समाचार संवाददाता
  • ३० भाद्र २०७७, मंगलवार १०:०४ प्रकाशित
    Advertisement
    फाइल तस्बिर

    चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ।

    जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो।

    केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन्।

    यो सङ्ख्या आजसम्म सङ्क्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ।

    सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति सङ्क्रमित भएको पाइएको उनले बताए।

    यसलाई हेर्दा सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ। त्यसबाहेक सङ्क्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा सङ्क्रमण भएको बताएको उनले जानकारी दिए।

    तिवारीले भने, “जिल्लामा जम्मा सङ्क्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो ।”

    अध्ययनका क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १११ मा सङ्क्रमण देखिएको छ।

    कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको सङ्क्रमण बढ्दो क्रममा रहेको छ।

    घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरुमा सङ्क्रमण फैलिएको पाइएको छ ।

    अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा भनिएको छ, “पसलको सामान ढुवानी गर्ने, सामान बेच्ने, तरकारी बजार जाने, सवारी चालक, कोभिड परीक्षण नगरी बाहिरबाट आएका कामदार, जिल्ला बाहिर गएर आएका र अग्रभागमा रहेको प्रत्यक्ष सेवा दिने बैंक, वित्तीय संस्था, विद्युत् प्राधिकरणका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।”

    अध्ययनले अस्पताल उच्च जोखिममा देखिएपछि कोभिड सङ्क्रमण फैलन नदिनका लागि आन्तरिक कार्ययोजना बनाएर काम गर्ने विषयमा जिल्लामा रहेका अस्पतालसँग छलफल भइसकेको तिवारीले जानकारी दिए।

    सङ्क्रमण फैलिन नदिन अस्पतालमा जाँदा बिरामीको साथमा एक कुरुवा मात्र पठाउनुपर्ने, कुरुवा फेरिन नहुने, अस्पतालमा उपचारका लागि गएका र कुरुवा बसेका व्यक्तिहरु कम्तीमा एक हप्ता होम क्वारेन्टिन पालना गरी बस्ने र अन्य व्यक्तिको सम्पर्कमा नजान केन्द्रको सुझाव छ।

    परिवारका सदस्यहरुलाई अन्य सामान्य अवस्थामा जस्तो साथीभाइसँग हिँडडुल, घुमफिर नगर्न, बजारमा घरभाडामा बस्ने व्यक्तिहरुले आफ्नो घरमा भाडामा बस्ने र घरधनी व्यक्तिहरु सङ्क्रमणको जोखिम हुने गरी अन्यत्र आवतजावत गरे÷नगरेको यकिन गर्नुपर्ने सुझाव दिइएको छ ।

    रोग नियन्त्रणका लागि पसलमा बसेर सामान बेच्दा सामान किन्न आउने ग्राहकसँग सावधानी अपनाउन, मास्क लगाउन, पैसा लिँदा अलग्गै टोकरीमा राख्नेजस्ता व्यवस्था मिलाउन केन्द्रको सुझाव छ ।

    सब्जीमन्डीमा हुने भीडभाड नियन्त्रण गर्नुपर्ने, उद्योगमा बाहिरबाट कामदार ल्याउँदा स्वास्थ्य परीक्षण गराएर मात्र उद्योगमा प्रवेश गराउन, कच्चा पदार्थ ल्याउँदा र तयारी सामग्री बाहिर पठाउँदा हुने लोडअनलोडबाट सङ्क्रमण नभित्रिने गरी प्रबन्ध मिलाउनुपर्ने, विद्युत् मर्मत सेवा, सरकारी कार्यालय र बैंकहरुमा अग्रभागमा बसेर ग्राहकलाई सेवा दिने व्यक्तिको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने केन्द्रको सुझाव रहेको सदस्य तिवारीले जानकारी दिए।

    जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लाको उच्चस्तरको समितिले विस्तृत अध्ययन गरेर कोरोना फैलिएको क्षेत्रको पहिचान गर्दै जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो।

    जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ भने १७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । बाहिरी जिल्लाको सहित यो सङ्ख्या २९ पुगेको छ। रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने
    BitCoin payment Is Available | Synthroid 50 mcg best pills | Worldwide Shipping BitCoin payment Is Available | Synthroid 50 mcg best pills | Worldwide Shipping
    विमानस्थलका कर्मचारीसँग मन्त्री किराँतीका १२ प्रश्न
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      CMT Thrive Summit Dating With A Disability HNF

    • २.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • ३.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ४.
      5 Ways To Block Adult Sites

    • ५.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ६.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • ७.
      ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      यात्रु अभावले उडान बन्द

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.