काठमाडौं । बितेको २४ घन्टामा मुलुकभर थप १,४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यति नै अवधिमा ११ जनाको मृत्यु भएको छ ।
नेपालमा कुल संक्रमितको संख्या ५६ हजार प्लस भएको छ । मन्त्रालयका अनुसार हालसम्म ३७१ जनाको मृत्यु कोरोनाबाट भएको छ ।
मुलुकभर सक्रिया संक्रमितको संख्या १५,७७९ जना रहेको छ । जसमध्ये ८,१३९ जना संस्थागत आइसोलेसन र बाँकी घरमै बसेका छन् ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६७६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बितेको २४ घन्टामा संक्रमितमध्ये थप १,०६२ जना निको भएका छन् । निको हुने संख्या झन्डै ७१.५ प्रतिशत रहेको सरकारी तथ्यांक छ ।