काठमाडौं । कोरोना महामारीका कारण झन्डै ६ महिना ठप्प ३ सेवामूलक क्षेत्रलाई सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।
सार्वजनिक यातायात, आन्तरिक हवाई र होटल तथा रेष्टुरेन्ट असोज १ गतेदेखि खोल्ने निर्णय सरकारले गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त क्षेत्रलाई स्वास्थ्य सुरक्षा मापदण्डसहित सञ्चालन ल्याउन दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
हवाई र सार्वजनिक यातायातमा व्यवसायीले ५० प्रतिशत भाडा बढाएर लिन पाउने छन् भने १ लहरको सिटमा १ जनामा मात्र यात्रु राख्नुपर्ने छ ।