• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

रुपाको गैरीभञ्ज्याङको आइसोलेसन सञ्चालनमा, ४ संक्रमितको भइरहेको छ हेरचाह

  •  मेन समाचार संवाददाता
  • ३० भाद्र २०७७, मंगलवार २१:११ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    रुपा १ गैरीभन्ज्याङस्थित गाउँपालिकाकाे आइसाेलेसन । तस्बिर मेन समाचार ।

    पोखरा । पोखरा र आसपास क्षेत्रका कोरोना संक्रमितको चिकित्सकीय हेरचाह गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइन्छ । त्यससँगै पोखरा ३० मोहरियाको सरुवा रोग अस्पतालको आइसोलेसनबाट पनि संक्रमितको हेरचाह हुँदै आएको छ ।

    कास्कीमा पहिलोपटक स्थानीय तहकै प्रयासमा रुपा गाउँपालिकाले भने आफ्नै आइसोलेसन सञ्चालन गरेको छ । कोरोना महामारीको सुरुवातमै भयावह स्थितीको पूर्वानुमान गर्दै गाउँपालिकाले वडा १ स्थित गैरीभञ्ज्याङमा आइसोलेसन बनाउन थालिसकेको थियो ।

    फलस्वरुप आइसोलेसन निर्माणको ३ महिना पछि पहिलोपटक प्रयोगमा आएको छ । अदिभूमि संस्थाको तालिम केन्द्रको भवन १२ वर्षदेखि प्रयोगविहीन थियो । त्यहीँ अलपत्र संरचनालाई मर्मत गरी रुपाले आइसोलेसनको रुप दिएको हो । आइसोलेसनको क्षमता हाल २० बेडको छ ।

    लक्षण नदेखिएका कोरोना संक्रमितलाई उक्त आइसोलेसनमा राखिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

    ‘गाउँपालिकाको क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गर्दा संक्रमण पुष्टि भएकाहरुलाई आफ्नै आइसोलेसनमा सोमबारदेखि राख्न थालेका छौं,’ उनले भने, ‘लक्षण देखिएकालाई पश्चिमाञ्चल अस्पतालको आइसोलेसनमा राखेका छौं । हाम्रो आइसोलेसनमा लक्षण नभएकामात्रै राख्छौं ।’

    रुपामा पछिल्लो समय संक्रमण पुष्टि भएका ५ जनामध्ये ४ जनालाई गैरीभञ्ज्याङको आइसोलेसनमा राखिएको छ । ६ जनाको टोली भारतको केरलाबाट आई गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए । जाँच गर्दा ५ जनामा कोरोना भेटियो । तीमध्ये पनि १ जनामा कोरोना लक्षण देखिएकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको अध्यक्ष ओझाले जानकारी दिए ।

    आइसोलेसन व्यवस्थापनका लागि गाउँपालिकाले विशेष टोली खटाएको छ । त्यहाँ खटिने टोली र संक्रमितले प्रयोग गर्ने धारा र शौचालय पनि छुट्टाछुट्टै व्यवस्था गरिएको अध्यक्षले बताए ।

    चिकित्सक, हेल्थ असिस्टेन्ट, अनमी, सुरक्षाकर्मी र अन्य सहयोगीहरु गाउँपालिकाको तर्फबाट खटाइएको छ ।

    गाउँपालिकामा हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ । ११ जना निकाे भई घर गएका छन् । सक्रिय संक्रमित ५ जना छन् । मुलुकबाहिरबाट आई क्वारेन्टिनमा बस्नेको संख्या १३ रहेको गाउँपालिकाले जनाएको छ । बाहिरबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम गाउँपालिकाको छ ।

    संक्रमितलाई आयुर्वेद औषधि र नियमित व्यायाम

    गाउँपालिकाको आइसोलेसनमा रहेका व्यक्तिहरुको हेरचाहमा ध्यान दिँदै उनीहरुलाई नियमित आयुर्वेद औषधि दिइएको छ । च्यावनप्रास, यष्टीमधु चूर्ण, गुडुची चूर्ण, तुलसी चिया, त्रिकटु चूर्ण लगायतका औषधि मात्रा मिलाएर दिन थालिएको हो ।

    गाउँपालिकाका आयुर्वेद संयोजक वेचन शाहले संक्रमित सबैलाई आयुर्वेद औषधि दिइएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले स्वास्थ्यमा प्रभाव नपार्ने तर संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने औषधि सेवन गर्न भनेको छ ।

    पहिलोपटक आइसोलेसन संचालन गर्दा चुनौतीको रुपमा लिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आनन्दलाल जोशीले बताए । संक्रमितको नियमित मनटरिङ गर्ने गरिएको र लक्षण देखिएमा पोखरा तुरुन्तै पठाइने व्यवस्था मिलाइएको उनको भनाई छ ।

    आइसोलेसनमा संक्रमिमतको हेरचाहमा खटिएका डा अकिञ्चन काफ्लेले कोरोना नियन्त्रणमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए । आयुर्वेद औषधिको प्रयोगमा भने अझ अध्ययन आवश्यक रहेको उनको भनाई छ ।

    आयुर्वेद औषधि उपलब्ध गराउने पपुलर आयुर्वेद सेन्टरका सञ्चालक कृष्ण राउतलाई गाउँपालिकाले आभार व्यक्त गरेको छ । आइसोलेसनमा रहेका संक्रमितलाई शारिरीक व्यायाम तथा योगा समेत गराइँदै आएको गाउँपालिकाले जनाएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन
    मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना
    दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      साउदीअरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

    • २.
      ओझेलमा धार्मिक महत्त्वको दुधपोखरी कुण्ड

    • ३.
      अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

    • ४.
      सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन

    • ५.
      मौसम: मेघ गर्जनसहित वर्षाको सम्भावना

    • ६.
      दश हजार भक्तजन जनैपूर्णिमाका लागि गोसाइँकुण्ड पुगे

    • ७.
      सांस्कृतिक पर्वले नेपालीबीच एकता, सद्भाव अभिवृद्धिमा मद्दत पुर्‍याउछ : प्रधानमन्त्री देउवा

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      १० बजे अगाडि अफिस पुग्छन् अधिकारी, कर्मचारी भन्छन् : ‘हाकिमको अरु काम छैन क्या हो ?’

    • ३.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ४.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ५.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ६.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    • ७.
      हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.