पोखरा । १० वर्षीय बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा पोखरा मनपा वडा नं ७ प्रगतिटोल बस्ने ५२ वर्षीय टिका बहादुर दमैलाई प्रहरीले भदौं २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई करणी गर्ने आशय राखी यौन दुव्र्यबहार गरेको आरोपमा दमैलाई वडा प्रहरी कार्यलय बैदामको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले पुष्टि गर्नुभयो ।
भदौ २९ गते घरमा कोही नभएको मौका छोपी दिउँसो ३ः३० बजेको आसपासमा यौन दुव्र्यबहार गरेको पीडित बालिकाले प्रहरीका दिएको उजुरीमा उल्लेख छ ।
आरोपित दमै बिरुद्ध बाल यौन दुर्व्यवहार कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट दिन ८ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी हमालले बताउनुभयो ।