काठमाडौं । काठमाडौं लगायतका ठाउँमा भूकम्पको ठूलो धक्का महशुस गरिएको छ । बुधवार बिहान ५ बजेर १९ मिनेट जाँदा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।
सिन्धुपाल्चाेककाे राम्चेलाई केन्द्र विन्दु बनाई गएको भूकम्पलाई ६ रेक्टर स्केलको मापन गरिएको छ । भूकम्पको धक्का काठमाडौं पोखरा लगायतको स्थानमा महशुस गरिएको थियो ।