काठमाडौं । लामो रस्साकस्सीपछि अन्ततः सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनाेनित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई नियुक्त गरेकी हुन् । यसअघि नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।
बुधबार मात्रै मन्त्रिपरिषद्ले गौतमलाई राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा गौतम राष्ट्रिय सदस्यमा मनाेनित भएका हुन् । उनकाे आजै ४ बजे सपथ हुने जनाइएकाे छ ।