काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर थप १,२४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यति नै अवधिमा ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालभर संक्रमितको कुल संख्या ५९,५७३ पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।
देशभर कोरोनाका सक्रिय संक्रमित १६,२४१ जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये ७,९०३ जना संस्थागत आइसोलेसनमा र अन्य घरमै रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
गम्भीर प्रकृतिका संक्रमितमध्ये १८२ जना आइसियुमा र ३९ जना भेन्टलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १०,६४१ वटा स्वाब परीक्षण भएको छ । परीक्षणबाट थप १,२४३ जना कोरोना मुक्त भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
मुलुकभर निको हुनेको कुल संख्या ४२,९४९ पुगेको छ ।