काठमाडौं । नेपालको झन्डा अंकित रेल आज शुक्रबार अपरान्ह जनकपुरधाम आइपुग्ने भएको छ । जनकपुरधाममा परीक्षणका लागि भारतबाट गएराति नै हिडाँइएको थियो ।
३ चरणमा निर्माण भइरहेको रेल गुडाउने काम पहिलो चरणमा जयनगर–कुर्था सम्पन्न भइसकेको छ ।
सरकारले १ अर्ब लागतमा १ इन्जिन र ४ वटा बोगीसहितको २ सेट रेल ल्याउन लागिएको हो ।
बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको २ ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ ।
जयनगर–कुर्था रुटमा झन्डै ७ वर्षपछि नेपालको रेल फेरि गुड्ने भएपछि देशभर उल्लास छाएको छ ।
सबै तस्बिर: रेल विभागका महानिर्देशक बलराम मिश्र