• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

राष्ट्रसघंको ७५ औं महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुँदै

  •  मेन समाचार संवाददाता
  • २ आश्विन २०७७, शुक्रबार ११:३४ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ।

    न्युयोर्कमा आजदेखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    महासभाअन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजैदेखि प्रारम्भ भएका छन्।

    यो वर्षको महासभाको छलफलको विषय ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घः प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ रहेको छ ।

    प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आगामी सोमबार सम्बोधन गर्ने छन् भने शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र यही असोज १४ गते हुने जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

    यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आणविक अस्त्रहरुको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई यही असोज १६ गते तथा अल्पविकसित राष्ट्र र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई पनि अप्रत्यक्षरुपमा सम्बोधन गर्ने कार्यक्रम छ।

    परम्परागतरुपमा संयुक्त राष्ट्रसङ्घको महासभाकै समयमा हुँदै आएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को बैठक अप्रत्यक्षरुपमा नेपालले यही असोज ८ गते आयोजना गर्दैछ।

    प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा मन्त्री ज्ञवाली र नेपाल सरकारका वरिष्ठ अधिकारी काठमाडौँबाट सहभागी हुने छन् भने अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त नियोगका अधिकारी अनुकूलताअनुसार प्रत्यक्ष/अप्रत्यक्ष रूपमा महासभामा सहभागी हुने छन्।

    Share this:

    • Twitter
    • Facebook
    • Pinterest
    • WhatsApp
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ओली र नेपालबीचको वार्ता सकियो, वार्ताको निष्कर्ष गोप्य !
    धरहराकाे ३ सय ३० किलोको गजुरमा ९५ तोला सुन
    नक्कली पिसीआर रिपोर्ट बुझाउने १२२ यात्री विमानस्थलबाट फर्काइए
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ओली र नेपालबीचको वार्ता सकियो, वार्ताको निष्कर्ष गोप्य !

    • २.
      नक्कली पिसिआर प्रकरण : दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्‍याउथे

    • ३.
      धरहराकाे ३ सय ३० किलोको गजुरमा ९५ तोला सुन

    • ४.
      नक्कली पिसीआर रिपोर्ट बुझाउने १२२ यात्री विमानस्थलबाट फर्काइए

    • ५.
      लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण

    • ६.
      अस्ट्रेलियासहित पाँच देशमा विद्यार्थी भिसाका लागि एनओसी जारी स्थगित

    • ७.
      ओली-नेपालबीच मेरियट हाेटलमा वार्ता

    • १.
      मन्त्रिपरिषद्को निर्णयः विद्यालय सहित भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द

    • २.
      मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँ पर्वको शुभकामना

    • ३.
      काेराेना नियन्त्रण गर्न जारी गरेकाे सरकारी आदेशमा केके छ ?

    • ४.
      उघ्रिँदै छ पुननिर्मित धरहराको घुम्टो (तस्बिरहरु)

    • ५.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      शनिबारको हावाहुरीले त्रिशुली नदीको निर्माणाधीन पुल उडायो

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.