• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

भक्तपुरका अस्पतालहरुमा कोरोना परीक्षण किट अभाव

  •  मेन समाचार संवाददाता
  • ११ आश्विन २०७७, आईतवार १०:१३ प्रकाशित
    Advertisement
    फाइल तस्बिर

    काठमाडौं । कोभिड–१९ अर्थात कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भिटिएम’ किट को भक्तपुरमा चरम अभाव भएको छ।

    नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भिटिएम’ को अभावमा कोरोना परीक्षण रोकिने अबस्थामा पुगेको वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

    उनले विगतमा दैनिक २०० देखि ३०० सम्म शङ्कास्पद तथा कन्ट्याक ट्रेसिङमा आएका व्यक्तिको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दै आएकोमा किट अभाव हुँदै गएपछि अहिले नगन्य मात्रामा स्वाब सङ्कलन गर्ने गरेको बताए।

    वाग्मती प्रदेश सरकारले परीक्षणका लागि ‘भिटिएम’ किट नपठाउँदा अब स्वाब सङ्कलन नै रोकिने अबस्थामा पुगेको उनले बताए।

    कार्यालयले ल्याएको किट केही भक्तपुर अस्पताललाई, केही जिल्लाका अन्य अस्पताललाई तथा केही सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको बताउदै उनले अब किट दिन सक्ने अवस्थामा नभएको जानकारी दिए। प्रदेश सरकारसँग पटक पटक किट माग गरेको र नपठाएपछि यसको अभाव भएको बताइएको छ । पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनमा समस्या आए कोरोना महामारी फैलिने जोेखिम बढ्ने उनले बताए। कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्।

    उनले स्वास्थ्य कार्यालय भक्तपुरले कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई किटलगायत अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा नदिएको बताउँदै अस्पताल आफैले किट र अन्य स्वास्थ्य सामग्री खरिद गर्दै आएको जानकारी दिइन्। केहीदिन अगाडि मात्रै २०० थान किट अस्पतालले खरिद गरेको उल्लेख गर्दै उनले यो सकिने बित्तिकै अरु किट पनि खरिद गर्ने तयारी गरेको बताइन्।

    अत्यावश्यक एवं शंकास्पद बिरामीको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन रोक्न नहुने उल्लेख गर्दै उनले विगतमा एकैदिन २५० जनासम्मको स्वाब सङ्कलन गरेकोमा अहिले भने सरकारले लक्षण नदेखिएकाको परीक्षण नगर्ने भनेपछि पीसीआर टेष्ट हटाएको जानकारी दिइन्। मध्यपुरथिमि नगरपालिकाले भने केही दिन अघि मात्रै रु ४० लाख मूल्य बराबरको ‘भिटिएम’ किट खरिद गरेको छ ।

    नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफ्नै ल्याबमा पीसीआर परीक्षण गर्दै आएकाले आवश्यक किट आफैले खरिद गरेको अस्पतालका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

    सङ्घीय तथा प्रदेश सरकार एवं जनस्वास्थ्य कार्यालयले समेत मध्यपुर नगरका लागि ‘भिटिएम’ किट नदिएको बताउदै उनले विभिन्न स्वदेशी तथा विदेशी दाताले दिएको किट र नपुग किट नगरपालिका आफैले खरिद गर्दै आएको जानकारी दिए। रासस

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
    बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते
    मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्- असल मान्छे बनायो

    • २.
      धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै

    • ३.
      बिरामी बाेकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    • ४.
      निर्वाचित भएका जनप्रतिनिधिहरूका थरीथरीका घोषणाहरू सार्वजानिक हुन थाले

    • ५.
      मकवानपुरमा लागूऔषधसहित तीनजना पक्राउ

    • ६.
      गण्डकीमा एमालेले कांग्रेसलाई बराबरीमा रोक्यो

    • ७.
      डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ३.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    • ४.
      नेपाल ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

    • ५.
      गठबन्धनलाई हराउँदै एमालेको जित घिरिङ गाउँपालिकामा

    • ६.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • ७.
      झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.