• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामग्री वितरण

  •  मेन समाचार संवाददाता
  • १४ आश्विन २०७७, बुधबार १०:१५ प्रकाशित
    Advertisement
    Advertisement

    पोखरा । पोखरा महानगरपालिका १७ पार्दीस्थित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिलाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामग्री वितरण गरेको छ ।

    साँझ बिहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसप कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० जना बालबालिकालाई आज आयोजित एक समारोहका बीच आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।

    लायन्स क्लबका डिष्ट्रिक गभर्नर मानबहादुर रोकाहाले श्रमिक बालकलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्सले विशेष गरि पछिल्लो समय बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

    क्लबका अध्यक्ष निरज पन्तकाअनुसार सत्संग भवनका लागि आवश्यक कार्पेट, शैक्षिक सामग्री र ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि वितरणसँगै १ लाख रुपैयाँ भन्दा बढीको सहयोग गरेको हो ।

    ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्संगका अध्यक्ष टोपराज ढुंगानाले घर, होटल, रेष्टुरेन्ट तथा वर्कसपहरुमा श्रम गर्ने श्रमिक बालबालिको शिक्षा दिक्षा एवम् ज्येष्ठ नागरिकको लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको बताए ।

    सो संस्थामा हाल ३० जना श्रमिक बालबालिका अध्ययनरत रहेका छन् भने २५ जना भन्दा बढी ज्येष्ठ नागरिकले दिवा सेवा लिइरहेको बताउँदै उनले संस्थाको सकृयतामा सार्वजनिक जग्गामा ३ लाख रुपैयाँको लागतमा ट्रष्ट भवन निर्माण गरिएको जानकारी दिए ।

    कार्यक्रममा पोखरा १७ का वडा सदस्य शान्ता गुरुङ, चियर पर्सन जमुना गुरुङ, राधीका थापा, सिता थापा, क्लबका निवर्तमान अध्यक्ष विनय थापा र सचिव सुजन श्रेष्ठ लगायतले सामाजिक सेवामा समर्पित लायन्स क्लबले समाजमा प्रशंसनीय कार्य गर्दै आएको धारणा राखे ।

    पोखरा उद्योग वाणिज्य संघद्वारा बालश्रम न्यूनिकरण कार्यक्रम अन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालबालिकालाई पठनपाठन गराउने लक्ष्यका साथ सुरु गरिएको सो संस्थाले अक्षर चिनाउने र पायक पर्ने सरकारी विद्यालयमा भर्ना गरिदै उनीहरुको पढाइलाई निरन्तरता दिँदै आएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग
    संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री
    प्रम दाहाल र मेयर शाहबीच भेटवार्ता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग

    • २.
      २०० करोड रुपैयाँको क्लब बादशाह यी कलाकार

    • ३.
      नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ

    • ४.
      अभिनेता रजनीकान्तले जारी गरे कारबाहीको चेतावनीयुक्त पत्र

    • ५.
      प्रतितोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीकाे स्थिर

    • ६.
      संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव : प्रधानमन्त्री

    • ७.
      सरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली पोर्चुगलमा पठाउने तयारी: परराष्ट्र मन्त्री पौडेल

    • १.
      हरियो तरकारी र फलफूलको मूल्य यस्ताे रहेकाे छ आज

    • २.
      इंग्लिस प्रिमियर लिग: लगातारको खराब नतिजापछि एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

    • ३.
      नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने

    • ४.
      गृहमन्त्री लामिछानेले आत्मदाह गरेका आचार्यका परिवारले भेटेर मागे क्षमा

    • ५.
      फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा

    • ६.
      सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : बालेन्द्र साह

    • ७.
      हरि हुमागाईँको ‘बिजुली’मा निराजन र उपासना

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.