• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

अमेरिकी चुनाव: ट्रम्प र बाइडनकाे आमनेसामने बहस

  •  बीबीसी
  • १४ आश्विन २०७७, बुधबार १०:२४ प्रकाशित
    Advertisement
    Advertisement
    तस्बिर राेयटर्स

    संयुक्त राज्य अमेरिकामा नोभेम्बर महिना हुन लागेको राष्ट्रपतीय चुनावअघि दोस्रो कार्यकालका लागि चुनाव लड्दै गरेका वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडनबीच पहिलो प्रत्यक्ष बहस सकिएको छ।

    ट्रम्पले कर छलेको भन्ने खालको समाचार सार्वजनिक भएका बेला उक्त बहस सुरु भएको थियो। बाइडनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका छन्। त्यसमा उनले सन् २०१९ मा करिब तीन लाख डलर कर तिरेको देखिन्छ।

    यदि यस बहसबाट ट्रम्पले अमेरिकीहरूलाई केही सन्देश दिन चाहन्थे भने त्यो’देशले झेलेका समस्याहरू समाधान गर्न बाइडनसँग सार्वजनिक जिम्मेवारीमा रहँदाको झण्डै आधा शताब्दी समय थियो’ भन्ने हो।

    ती समस्याहरू अमेरिकामा अझै छन् भन्ने उक्त भनाई रहेको भिडि‌ओको अंश बहस जारी रहेकै बेला राष्ट्रपतिको ट्विटरबाट प्रेषित गरिएको थियो। ट्रम्पले बाइडनलाई भनेस् ‘मैले ४७ महिनामा तपाईँले ४७ वर्षमा गरेको भन्दा धेरै काम मैले गरेको छु।’

    बाइडनको जवाफ पछि बहसमा देखिएको थियो। उनले भनेका थिए ‘यी राष्ट्रपति अन्तर्गत रहेर हामी कमजोर, रोगी, गरिब र थप विभाजित भएका छौँ।’

    अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसलाई पनि महत्त्व दिने गर्छन्। ओहायोको क्लिभल्यान्डबाट प्रत्यक्ष प्रसारण भइरहेको उक्त बहस लाखौँ मानिसले हेर्ने अपेक्षा गरिएको थियो।

    कोरोनाभाइरसका कारण उक्त स्टुडियोमा भने केही मानिसहरू मात्र सहभागी भएका थिए। बहसमा पन्ध्र/पन्ध्र मिनेटका ६ वटा भाग थिए।

    त्यसमा अर्थतन्त्र, कोरोनाभाइरस र सर्वोच्च अदालत लगायतका विषयमा बहस केन्द्रित भएको थियो। हालै उनले सन् २०१६ मा मात्र ७५० डलर आयकर तिरेको सार्वजनिक भएको थियो। कोरोनाभाइरसका कारण यसपालि कार्यक्रमअघि दुई प्रतिस्पर्धीले हात नमिलाइकन बहस सुरु भएको थियो।

    Share this:

    • Twitter
    • Facebook
    • Pinterest
    • WhatsApp
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर
    भारतमा एकैदिन झण्डै तीन लाखमा कोरोना संक्रमण पुष्टि
    भारतमा एकैदिन थपिए दुई लाख ५९ हजार काेराेना संक्रमित
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ओली र नेपालबीचको वार्ता सकियो, वार्ताको निष्कर्ष गोप्य !

    • २.
      नक्कली पिसिआर प्रकरण : दुई घण्टामै घर–होटलमा रिपोर्ट पुर्‍याउथे

    • ३.
      धरहराकाे ३ सय ३० किलोको गजुरमा ९५ तोला सुन

    • ४.
      नक्कली पिसीआर रिपोर्ट बुझाउने १२२ यात्री विमानस्थलबाट फर्काइए

    • ५.
      लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण

    • ६.
      अस्ट्रेलियासहित पाँच देशमा विद्यार्थी भिसाका लागि एनओसी जारी स्थगित

    • ७.
      ओली-नेपालबीच मेरियट हाेटलमा वार्ता

    • १.
      मन्त्रिपरिषद्को निर्णयः विद्यालय सहित भिडभाड हुने क्षेत्रहरु बैशाख मसान्तसम्म बन्द

    • २.
      मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँ पर्वको शुभकामना

    • ३.
      काेराेना नियन्त्रण गर्न जारी गरेकाे सरकारी आदेशमा केके छ ?

    • ४.
      उघ्रिँदै छ पुननिर्मित धरहराको घुम्टो (तस्बिरहरु)

    • ५.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ६.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    • ७.
      शनिबारको हावाहुरीले त्रिशुली नदीको निर्माणाधीन पुल उडायो

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.