सिड्नी । अस्ट्रेलियाको होबार्ट तास्मानियामा रहेका प्रवासी नेपालीहरुको काठमाडौं वारियर्स क्रिकेट क्लबलाई कंगारु एजुकेसन फाउन्डेसनले प्रायोजन गरेको छ ।
शिक्षासँगै विभिन्न क्षेत्रमा आफ्नो उपस्थिती जनाउने क्रममा खेलकुद विकासमा समेत कंगारु एजुकेसनले सहकार्य गरेको हो ।
प्रवासमा नेपाली क्रिकेट खेलको विकास र विस्तारका लागि आफ्नो संस्थाले क्लबलाई साथ दिएको होबार्टका निर्देशक रोसन मैनालीले बताए ।
होबार्टमा अक्टोबर अन्तिम साताबाट सुरु हुने प्रतियोगितामा काठमाडौं वारियर्स क्लबलाई प्रायोजन घाेषणा गर्दै खेलाडीहरुलाई टिसर्ट वितरण गरिएको थियो ।
‘कंगारु एजुकेसनले क्लबलाई दिएको साथ र विश्वासलाई अझ प्रगाढ बनाउने छौं,’ क्लबका संस्थापक अनुज अधिकारी र सुदर्शन रिजालले बताए ।
कंगारु एजुकेसन होबार्टका अर्का निर्देशक अब्दुल मन्सुरीले प्रवासमा नेपाली खेलकुद विकासका लागि फाउन्डेसनले सहयोग निरन्तर रुपमा दिने बताए ।