• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

आत्मनिर्भर बनाउन महिलालाई सेनेटरी प्याड बनाउने तालिम

  •  मेन समाचार संवाददाता
  • १४ आश्विन २०७७, बुधबार २१:२१ प्रकाशित
    Advertisement
    Advertisement

    पोखरा । पोखरा महानगरपालिका २४ कास्कीकोटमा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न भएको छ । पोखरा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन महिलाहरुलाई सेनेटरी प्याड बनाउन सिकाएको हो ।

    नेपाली महिलाहरुमा हुने महिनावारीको समस्यामा उचित हेरचाह नगर्दा पाठेघर तथा यौन सम्बन्धि विभिन्न रोगहरु लाग्न सक्ने जोखिम रहेको कुरालाई मध्यनजर गर्दै जेसिजले उक्त कार्यक्रमको आयोजना गरेको हो । तालिममा पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड बनाउन सिकाइएको थियो । पखेटा नेपालको सहकार्य तथा वडाको सहयोगमा जेसिजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

    महिलाहरुले आफ्नो लागी स्वास्थ्यको ख्याल राख्नुपर्ने र सेनेटरी प्याडको प्रयोगबाट कसरी फाइदा हुन सक्छ भन्नेबारेमा प्रीति मगरले जानकारी समेत दिइएकी थिइन् । उनले महिनावारी हुदाँ आउने परिवर्तन र त्यसको असरको बारेमा समेत प्रशिक्षण दिएकी थिइन् । पखेटा नेपालकी अध्यक्ष तथा प्रशिक्षक बिनु श्रेष्ठले प्याड बनाउन सिकाउँदै कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे जानकारी दिएकी थिइन् ।

    बजारमा पाउने प्याडमा केमिकल हुने हुँदा पाठेघरमा क्यान्सरको जोखिम हुने हुँदा कपडाको प्याड बढी सुरक्षित रहेको बताइन् ।

    तालिममा सिकाइएको प्याड वातावरणमैत्री रहेको उनले बताइन् । सोही क्रममा बोल्दै पोखरा २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले वडालाई प्राथमिकतामा राख्दैँ तालिम ल्याउनी सम्मनिय कार्य रहेको बताए ।

    कोभिड १९ ले अस्तव्यस्त समयमा समेत महिला स्वास्थ्य कार्यक्रम ल्याउनु सान्दर्भिक रहेको बताए । पूर्वाधार विकास मात्र विकास नभई नागरिकको स्वास्थ्य, नेतृत्व विकास समेत समाजको विकास भएको उनले बताए ।

    तालिमले वडामै प्याड निर्माण गर्ने हौसला मिलेको बताउँदै उनले अब महिलाको लागि प्याड वडामै बनाउने प्रतिबद्धता व्यक्त गरे । सोही क्रममा बोल्दै वडा सचिव कुस्मराज सुवेदीले महिनावारीको समयमा टालोको प्रयोग गर्दा ग्रामिण क्षेत्रका महिलाहरुमा पाठेघर सम्बन्धी समस्या हुँदै आएको बताए ।

    महिलाहरुले बाहिरी कपडा राम्रो लगाएपनी भित्री कपडा भने स्वास्थ्य विपरीत लगाउँदण समस्या खेप्नुपरेको उनले सुनाए । ‘महिलाहरु महिनावारी हुँदा एउटा प्याड ४ घण्टा भन्दा प्रयोग गर्न मिल्दैन भनेर विश्व स्वास्थ्य संगठनले समेत भनेको छ । तर बिना सुरक्षा लामो समयसम्म प्रयोग गर्दै आएका छन् । यसले निकै असर गर्न सक्छ,’ उनले भने । कार्यक्रममा जेसिज पोखराका प्रतिनिधिहरुको सहभागिता थियो ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रेस चौतारी स्थापना दिवसमा संस्थापक अध्यक्ष एबं पुर्वअध्यक्ष सम्मानित
    सन्दीप लामिछाने र क्यानलाई बहिष्कार गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
    पुर्व सेनापति कटुवाल मगलवार देखी आइसियुमा, स्वास्थ्य सुधारन्मोख
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • २.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ३.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ४.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • ५.
      Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?

    • ६.
      राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने

    • ७.
      एमालेको केन्द्रिय समिति बैठकको पहिलो अजेन्डा: निर्वाचन समिक्षा

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.