• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

विश्वभर तीन करोड ४५ लाख सङ्क्रमित, १० लाख २८ हजारको मृत्यु

  •  मेन समाचार संवाददाता
  • १६ आश्विन २०७७, शुक्रबार २१:१९ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ५५१ पुगेको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४५ लाख ३६ हजार ४७ पुगेको छ ।

    कूल सङ्क्रमितमध्ये दुई करोड ५७ लाख ४ हजार निको भएका छन् भने करिब ७८ लाख ३ हजार २९१ मानिस सक्रिय सङ्क्रमित छन् ।

    विश्वभर अझै पनि ६६ हजार ९२ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७४ लाख ९७ हजार नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १२ हजार ६९४ को मृत्यु भएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै भन्नुभयो, ‘म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।’

    विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६३ लाख ९७ हजार ८९६ सङ्क्रमित भएका छन् भने यहाँ ९९ हजार ८३३ को ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४८ लाख ९७ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४४ हजार ७७६ को मृत्यु भएको छ ।

    खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ सङ्क्रमित रहेका छन् भने २० हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको छ ।

    युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

    रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नागरिक उन्मुक्ति लचिलो भए पछि सुपका मुख्यमन्त्रीले विश्वासको मत लिदैँ
    आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने
    Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It? Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नागरिक उन्मुक्ति लचिलो भए पछि सुपका मुख्यमन्त्रीले विश्वासको मत लिदैँ

    • २.
      चरनमा छाडिएको हल गोरु खुट्टा काटिएको अवस्थामा फेला

    • ३.
      टर्की र सिरियामा भुकम्पवाट ज्यान गुमाउने ३ हजार ८ सय नाघे

    • ४.
      आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी

    • ५.
      आजको मौसमः प्रदेश १ सहित ४ प्रदेशमा हिउँ पर्ने

    • ६.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ७.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ५.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.