• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

हालसम्मकै उच्च कोरोना पुष्टि : दुई हजार ७ सय २२ जना संक्रमित थपिए

  •  मेन समाचार संवाददाता
  • १६ आश्विन २०७७, शुक्रबार २१:३६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ ।

    देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनामा गरिएको पिसिआर परीक्षणमा दुई हजार ७२२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको छ ।

    योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ । साथै निको हुनेको सङ्ख्या ६० हजार नाघेको जनाइएको छ ।

    मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिनुभयो । यो सँगै घर फर्किनेको सङ्ख्या ६० हजार ६९६ पुगेको छ ।

    सो अवधिमा काठमाडौं उपत्यकामा एक हजार ६३८ सङक्रमित थपिएका छन् । सो सङ्ख्या उपत्यकाको हालसम्मकै उच्च हो । मन्त्रालयका अनुसार काठमाडौँमा एकहजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा सङ्क्रमित थपिएका हुन् ।

    देशभर २१ हजार २३४ जना सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेशनमा ११ हजार ७६० रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ४७४ जना रहेका छन् ।

    त्यसैगरी क्वारेन्टिनमा चार हजार ८८५ जना छन् ।

    थप ११ को निधन

    पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ११ जना पुगेको छ । योसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५२० जना पुगेको छ । आठ वटा जिल्लाका चार महिला र सात पुरुष गरी ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मोरङमा २७ वर्षीय पुरुष, ललितपुरमा ३२ पुरुष र ७० वर्षीय पुरुषको निधन भएको छ भने भक्तपुरमा ६१ र ५१ वर्षीया महिला, काठमाडौँमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

    त्यसैगरी मकवानपुरमा ७८ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयल जनाएको छ । कुल सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय
    प्रहरी प्रशासनकै सेटिङमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी
    नर्भिक हस्पिटलको काठमाडौं महानगरलाई जवाफ– संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      महिला टेनिस स्टार सेरेनाद्धारा सन्यासको घोषणा

    • २.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • ३.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ४.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • ५.
      आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज

    • ६.
      अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

    • ७.
      सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      स्ट्राइकर सावित्रा भण्डारी केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान

    • ६.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ७.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.