• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

कालापानीसम्मै गोरेटो बाटो बनाउने सरकारकाे लक्ष्य, निरीक्षण सकेर विभागकाे टाेली फर्कियाे

  •  मेन समाचार संवाददाता
  • २३ आश्विन २०७७, शुक्रबार २०:४२ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले व्यास गाउँपालिकाको वडा नं २ दुम्लीङदेखि वडा नं १ तिंकरसम्मको गोरेटोबाटो निर्माण तथा मर्मतको कार्य तत्कालै शुरु गर्ने भएको छ ।

    व्यासका बासिन्दाको सदरमुकाम खलंगा बसाइ–सराइ गर्नु अगावै बाटो मर्मत गर्ने विभागको तयारी छ । व्यासको कालापानीसम्मै गोरेटो बाटो निर्माण तथा मर्मत गर्नुपर्ने ठाउँको स्थलगत निरीक्षण गरी विभागको टोली फर्किएको छ ।

    विभागले साढे तीस किलोमिटर गोरेटो बाटोको मर्मतको काम थालनी गर्नेछ । स्थानीय पूर्वाधार विभागका ईन्जिनियर जनकराज जोशी नेतृत्वको टोलीले गोरेटो बाटोको स्थलगत निरीक्षण गररेर काठमाडाैं फर्किएको हो ।

    अहिलेलाई तत्काल व्यासको छांगरु र तिंकरका बासिन्दालाई सदरमुकाम खलंगा बसाइ–सराइ (कुञ्चा) गराउने गरी बाटो मर्मतको काम तत्कालै अघि बढाउने तयारी भएको ईन्जिनियर जोशीले जानकारी दिए । ‘पाँच/चार ठाउँमा पहिरो गएर गोरेटो बाटो अवरुद्ध भएको पाइयो’, इन्जिनियर जोशीले भने, ‘पहिरो पन्छ्याएर गाई वस्तु चौरी हिँड्ने बाटो मर्मत कार्य शुरु हुन्छ ।’

    कसरी काम शुरु गराउने भन्ने विषयमा विभागमा छलफलपश्चात तय हुने उनको भनाइ छ । यस्तै दुम्लीङदेखि तिंकरसम्मको दुई ठाउँमा झोलुंगे पूल निर्माण गर्नुपर्ने देखिएको छ ।

    कल्जु गाड र बुदी खोलामा झोलुंगे पूल तथा अपि खोलामा ट्रस पूल लगाउनुपर्ने देखिएको ईन्जिनियर जोशीले बताए । पूल लगाउन तत्काल सम्भव नभएपछि गोरेटो बाटो मर्मत तथा निर्माणको कार्य दुई महिनाभित्र सकिने उनको भनाइ छ ।

    अहिले कल्जु क्षेत्र, तम्बाकु र पोला क्षेत्रमा गोरेटो बाटो बढी जोखिममा छ । यो ठाउँमा पशु चौपायालाई भारीसहित ल्याउन सकिने अवस्था नरहेको ईन्जिनियर जोशी बताउँछन् ।

    तम्बाकु क्षेत्रमा नेपाली सेनामार्फत गोरेटोबाटो खुलाउने गरी जिल्ला सुरक्षा समिति, संघीय सांसद गणेशसिंह ठगुन्ना, वडा सरकारले समेत आग्रह पत्र पठाइसकेको छ ।

    अन्य क्षेत्रमा विभागमार्फत काम गराएर यो बाटोलाई मर्मत कार्यमा निरन्तरता दिइने ईन्जिनियर जोशीले बताए । उनका अनुसार दुई दशक अघिसम्म नेपालतिरकै गोरेटोबाटो राम्रो रहेको र पछिल्लो समय बाटो मर्मतमा ध्यान नदिइँदा अवरुद्ध हुन पुगेको हो ।

    विगतको बाटो पनि केही ठाउँमा राम्रो रहेको बताइएको छ । दुई मिटर चौडाई भएको बाटो उतिबेलै बनेको देखिएको छ । व्यास गाउँपालिका वडा नं १ का वडाअध्यक्ष अशोकसिंह बोहरा बाटो मर्मतका लागि चाँडो काम हुनुपर्ने बताउँछन् । ‘मंसिरमा व्यासीले खलंगा बसाइ–सराइ गर्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यस अगावै बाटो खोलिसक्नु पर्छ ।’

    अहिले यो क्षेत्रको बाटो खुलाउनका लागि स्थानीय पूर्वाधार विभागसँग पाँच करोडको हाराहारीमा बजेट छ । हालै मात्रै नेपाली सेनाले ५५० मिटर गोरेटो बाटो एक करोड बढी लागतमा निर्माण गरेको छ ।

    तम्बाकु, कल्जु लगायतका क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारबाट ३० लाख तथा गाउँपालिकाले पनि बजेट विनियोजन गरे पनि गोरेटो बाटो राम्रो बन्न सकेन । जसका कारण अहिले विभागले आफै त्यो बाटो खुलाउने तयारी गरेको ईन्जिनियर जोशीको भनाइ छ ।

    घाँटीबगरमा छाङरु जोड्ने गोरेटो बाटो खुलेको र कल्जुदेखि तम्बाकुसम्म जोखिम कायमै रहेको व्यास–२ घाँटीबगरमा नेपाली सेनाले चार महिना लगाएर व्यासको छांगरु जोड्ने गोरेटोबाटो निर्माण गरि हस्तान्तरण गरिसकेको छ ।

    झण्डै ५५० मिटर लम्बाईको गोरेटो बाटो निर्माण सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो । घाँटीबगरको भीर खुलेसँगै व्यासका बासिन्दालाई आवत जावतमा सहजता आएको छ । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
    नवनियुक्त मन्त्रीहरुद्वारा शपथ
    विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.