• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

धरहराको १६ औं तलाको ढलान सम्पन्न, अवरोध नभए बाँकी ६ तलाको काम ३ महिनामै सकिने

  •  मेन समाचार संवाददाता
  • २४ आश्विन २०७७, शनिबार ०९:०९ प्रकाशित
    Advertisement
    १६ औं ढलान सम्पन्न पछि देखिएको धरहरा । तस्बिरः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ।

    काठमाडौं । ०७२ वैशाख १२ गतेको महाभूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम चलिरहेको छ ।

    २२ तलाको डिजाइनमा काम भइरहेकोमा हाल १६ औं तलाको ढलान सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । बाँकी ६ तलाको काम कुनै बाधा नआए अबको ३ महिनामा सकिसक्ने प्राधिकरणको भनाई छ ।

    ढलानसँगै टावरको प्लाष्टर, परिसर घेर्ने पर्खाल र पार्किङ क्षेत्रको काम पनि उस्तै रफ्तारमा भइरहेको प्राधिकरणले जनाएको छ ।

    ०७७ असोज महिनाभित्र पुनर्निर्माण सक्ने गरी काम भएपनि कोरोना महामारीको असरका कारण समयसीमा नसकिने निश्चित बनेको हो ।

    रमन कन्सट्रक्सनले धरहरा पुनर्निर्माणको जिम्मा लिएको छ । २ वर्षमा सम्पन्न गर्ने गरी उक्त कम्पनीले ३ अर्ब ४८ करोड लागतमा ठेक्का लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ मा धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए ।

    पुरानो धरहराभन्दा नयाँ बन्ने धरहराको आयतन ठूलो हुने छ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भर्‍याङ रहनेछ ।

    लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

    बगैंचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसल रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ ।

    उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

    बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ ।

     

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान
    जो दोहोरिएर चुनाव लड्दा पराजित भए
    दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.