• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण समयमै सकिन्छ: मुख्यमन्त्री गुरुङ

  •  मेन समाचार संवाददाता
  • २४ आश्विन २०७७, शनिबार २१:४२ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षणका क्रममा नवनिर्मित टर्मिनल भवनसँगै शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलगायत । तस्बिर: हरि बास्तोला, रासस

    पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको विमानस्थलको आज स्थलगत निरीक्षण गर्दै उनले कोरोना सङ्क्रमणका बाबजुद पनि विमानस्थलका निर्माण कार्यले निरन्तरता पाएको बताए ।

    गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माणाधिन विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालनसँगै समृद्धिको आधार बन्ने बताउँदै मुख्यमन्त्री गुरुङले महामारीका रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति उपलब्ध गराउन असहज भएपनि संघीय सरकार र स्थानीय तहसँग आवश्यक सहजिकरण गरेर समस्या समाधान गरिने उल्लेख गरे ।

    प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विमानस्थल निर्माणका गठित कार्यदलमा प्रदेश सरकारको उपस्थिति हुनु पर्ने बताउँदै देखिएका समस्या पहिचान गरी निराकरण गरिनु पर्नेमा जोड दिए।

    विमानस्थल निर्माणका लागि थपिएका नयाँ चुनौतीको सामना गर्दै त्यससम्बन्धि तयार पारिएका प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

    पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण कार्य हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिए ।

    भौतिक पूर्वाधार निर्माणको काम अधिकांश सम्पन्न भएको उल्लेख गर्दै उनले उपकरण जडानलगायत काम बाँकी रहेको बताए । विमानस्थलभित्र टर्मिनल भवन, ह्याङ्गर, धावनमार्ग, पार्किङ, पहुँचमार्गसहित १४ वटा भवन निर्माणको अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

    भिसाको समस्या र कोरोना सङ्क्रमणको कारण विमानस्थलको निर्माणका लागि आवश्यक जनशक्ति समयमै नआउँदा उपकरण जडानमा भने ढिलाइ भएको उनले जानकारी दिए ।

    कोरोना सङ्क्रमणका कारण निर्माण कार्यको गतिमा केही प्रभाव परेका कारण तोकिएको मितिभन्दा छ महिना अगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उनको भनाइ छ । कूल २२ अर्बकाे लागतमा निर्माण भई रहेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा
    खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला
    एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ : उपसभापति खड्का
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.