• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

तीनवटै सरकारको समन्वयमा कोभिडविरुद्ध काम : डा खतिवडा

  •  मेन समाचार संवाददाता
  • २५ आश्विन २०७७, आईतवार ०९:२८ प्रकाशित
    Advertisement
    फाइल तस्बिर

    काठमाडाैं । पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताएका छन् ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा शनिबार डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टिन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताए।

    यद्यपि पछिल्ला दुई वर्षयता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त नरहेको उनले बताए । पूर्वअर्थमन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको बताए ।

    नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्ने बताए ।

    अहिले अर्थतन्त्रका केही ‘इन्डिकेटर’ राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के गर्‍यो भन्दै उनले प्रश्न गरे । कोभिडसँग लड्न पर्याप्त रकम जम्मा गर्न काँग्रेसले पहिले नै भनेको स्मरण गराउँदै जोशीले भने, “राहत प्याकेजका लागि बारम्बार भन्यौँ तर, सुनुवाइ भएन, यो अवस्थामा सडकमा जान पनि मिलेन ।” अर्थतन्त्र पुनरुत्थानका लागि योजनाबद्ध ढङ्गबाट अघि बढ्नुपर्ने उनले सुझाव दिए ।

    एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक सङ्कट गहिरिँदै गएको बताए । अर्थतन्त्र बिरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोहीअनुसार उपचार गर्न सरकारले सर्भे गर्नुपर्ने उनले सुझाव दिए।

    “देशलाई अझै धनी बनाउनुपर्छ भनेर कोभिड–१९ ले देखायो । धनी देशहरू व्यवसाय र रोजगारी जोगाउन जति पनि खर्च गर्नसक्ने सामथ्र्यमा पुगे”, उनले भने, “हाम्रो देशको आर्थिक अवस्था पनि राम्रो भएको भए व्यवसाय र रोजगारी जोगाउन सकिन्थ्यो ।”

    अहिलेको सङ्कटको बेला ठूला व्यवसायीले नाफा नकमाउँदा पनि खासै समस्या नपर्ने उल्लेख गर्दै उनले साना र मझौला उद्योगलाई जोगाउन सरकारले आधा होइन पूरै दिल खोलेर सहयोग गर्नुपर्ने बताए।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी
    सप्तरीको खडक नगरपालिका मेयरमा माओवादीका जयप्रकाश विजयी
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.