• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

डा भट्टराईलाई बूढीगण्डकी आयोजनाबारे बोलेको कुराको प्रमाण पेश गर्न काँग्रेसकाे चुनौती

  •  मेन समाचार संवाददाता
  • २५ आश्विन २०७७, आईतवार १८:०५ प्रकाशित
    Advertisement
    फाइल तस्बिर

    काठमाडाैं । नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको संलग्नता रहेकोे भन्ने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न माग गरेको छ ।

    डा भट्टराईले बूढीगण्डकीसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणी गरेको जनाउँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमाण सार्वजनिक गर्न चुनौती दिएका हुन् ।

    “राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुट र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपिल गर्दछौँ तथ्यको जगमा सत्यको खोजी नगरी केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौँ” प्रवक्ता शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    विसं २०७५ असोज २१ मा सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै उक्त परियोजना अघि बढाइनुपर्छ भन्ने काँग्रेसको माग रहेको प्रवक्ता शर्माले जानकारी गराएका छन् ।

    काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी जलविद्युत् परियोजना सरकार आफैँले निर्माण गर्ने सङ्कल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा स्वर्णिम वाग्लेको संयोजकत्वमा विशेष समिति गठन गरेको र त्यसले स्वदेशी लगानीबाटै निर्माण गरेर स्वदेशी पूँजीको एकीकृत उपयोग गर्ने क्षमता र अवसरको विकास गर्ने नमूना बन्ने निष्कर्ष प्रस्तुत गरेको थियो ।

    देउवा नेतृत्वको सरकारले गराएको सो अध्ययन र निष्कर्षभन्दा वर्तमान सरकार बाहिर गएको आरोप पार्टीले लगाएको छ । साथै डिजेल र पेट्रोल खरीदमा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँका दरले बूढीगण्डकीका लागि उठाइँदै आएको अर्बौको रकमको स्थिति, स्थानीयवासीलाई मुआब्जा वितरण रआयोजनाको भविष्यबारे पार्टीले सरकारसँग प्रश्न गरेको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन
    मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग
    सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारी स्थानीय तहकै हो : प्रचण्ड (पूर्णपाठसहित)

    • २.
      गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ? – लिङ्देन

    • ३.
      मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग

    • ४.
      सरकारले संसदमा गरिमा घटायो: रघुजी पन्त

    • ५.
      द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले गराए सभामुखको ध्यानाकर्षण

    • ६.
      वान टु वान छलफलमा प्रचण्ड माधव

    • ७.
      चोर बाटोबाट संसद् छिर्न तीन महिना नपुग्दै बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

    • १.
      साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालको पहिलो जित

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यात्रु अभावले उडान बन्द

    • ५.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ७.
      अस्ट्रेलिया ओडीआई वरीयताको शीर्ष स्थानमा

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.