• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

काेराेनाबाट आक्रान्त १० देश

  •  एजेन्सी
  • २५ आश्विन २०७७, आईतवार १८:१९ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तस्बिर-गुगल

    संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७९ लाख ४५ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय आइतबार जानकारी दिएको छ ।

    पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

    कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ । कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७० लाख ५३ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ८ हजार ३७१ जनाको मृत्यु भईसकेको छ ।

    कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ९१ हजार नाघेको छ । सङ्क्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ ।

    खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ८५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ४५४ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

    कोलम्बियामा ९ लाख २ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ६६० जनाको मृत्यु भएको छ । स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ ।

    अर्जेन्टिना ८ लाख ८३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार ५८१ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४६ हजार ८८ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार २२३ जनाको मृत्यु भएको छ ।

    मेक्सिकोमा ८ लाख १४ हजार ३२८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ६४२ जनाको मृत्यु भएको छ ।फ्रान्समा ७ लाख १८ हजार ८७३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६३७ जनाको मृत्यु भएको छ ।

    विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ७७ हजार ६३० जना पुगेको छ । यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७४ लाख ७८ हजार पुगेको छ ।

    कूल सङ्क्रमितमध्ये दुई करोड ८१ लाख १८ हजार भन्दा बढी हजार निको छन् भने करिब ८२ लाख ८२ हजार मानिस सक्रिय सङ्क्रमित छन् । विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

    युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ताइपेयमाथि हमला गर्न चीनले सैन्य अभ्यास गर्‍योः ताइवानका विदेशमन्त्री
    ट्रम्पको घरमा एफबीआईको छापा
    फेरि चीनले सैन्य अभ्यास गरेपछि ताइवानको विरोध
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो समय

    • २.
      आगलागीबाट घर जलेर नष्ट लमजुङमा

    • ३.
      केन्याबिरुद्द नेपाली टिम घोषणा, ज्ञानेन्द्रको पुनरागमन

    • ४.
      आन्दोलनमा उत्रिए अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज

    • ५.
      अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड

    • ६.
      सुर्खेतमा १३२ केभी लाइन विस्तारमा समस्या

    • ७.
      एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधरः प्रदीप ज्ञवाली

    • १.
      ती फिल्मनिर्माताः जसले जातकै कारण प्रेमिकालाई आत्महत्या गर्न र छोरालाई वेवारिशे हुन बाध्य बनाए

    • २.
      चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक किन रिलिज हुँदैछ

    • ३.
      मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

    • ४.
      नियमविपरित एनआरएनए सिइओ नियुक्ति भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

    • ५.
      अन्जन र तेजलाई थप गर्दै प्रशिक्षक अब्दुल्लाहले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाए

    • ६.
      हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

    • ७.
      चेत बहादुर बुढाथोकीको ‘मन बिग्रने त्यति खेर’ सार्वजनिक

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.