काठमाडौँ । विश्वमा छरिएर रहेका युवा उद्यमीहरुलाई एउटै छातामुनि ल्याउने उद्धेश्यले गठन भएको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ विस्तार हुने क्रममा रहेको छ ।
यसै क्रममा नेपाली युवा उद्यमी महासंघ अमेरिका पनि गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व तथा रमेश एम.के पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्यि नेपाली उद्यमी महासंघ गठन भएको हो ।
महासंघ अमेरिकामा उपाध्यक्ष नारा खकुरेल,सचिब रोशन बुढाथोकी ,सह सचिब हरि ओझा, कोषाध्यक्ष ओजेश उप्रेती रहेका छन भने सदस्यहरूमा छिरिगं ‘डोका’ अब्राहम ,राधा थापा, प्रितेश कार्की ,नबराज आलेमगर,अमृत महतो , प्रसन्न संग्रौला र बिक्की पुलामी छन ।
महासंघ अमेरिकामा ह्यारी भण्डारी,गौरी जोशी ,एसी शेर्पा राजन थपलिया,डिलाराज भट्ट र नारायण पुरी सल्लाहकारमा रहेका छन् ।