• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

चक्रपथकाे दोस्रो चरण विस्तार तयारी, बाँकी संरचना हटाइने

  •  मेन समाचार संवाददाता
  • २५ आश्विन २०७७, आईतवार २१:१३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर-गुगल

    काठमाडौँ । चक्रपथको दोस्रो चरणका विस्तारका लागि निर्माणस्थलमा संरचना चाँडो हटाउने निर्णय भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल टेलिकम, सडक विभागलगायत कार्यालयका प्रतिनिधिसहित आज सिंहदरबारमा भएको बैठकले कामलाई तत्काल गति दिन सम्बन्धित निकायसँगका समन्वयमा निर्माणस्थल खाली गराउने निर्णय गरेको छ ।

    बैठकले एक महिनाभित्र बिजुलीका खम्बा स्थानान्तरण गर्ने, तीन महिनाभित्र ‘हाइ भोल्टेज टावर’ स्थानान्तरण गर्ने, सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन गर्नेलगायत निर्णय गरेको हो ।

    नेपाल विद्युत् प्राधिकरणबाट विगतमा विभिन्न बैठकमा भएका प्रतिबद्धतानुसार एक महिनाभित्र सबै खम्बा स्थानान्तरण गरी तार हालिने निर्णय भएको छ ।

    आगामी तीन महिना (पुस मसान्तभित्र) कारखाना चोक र सानो भ¥याङस्थित ‘हाइ भोल्टेज टावर’ स्थानान्तरण गरिने भएको छ ।

    काठमाडौँ महानगरपालिकासँगका समन्वयमा स्वयम्भूस्थित चैत्य आगामी कात्तिक मसान्तभित्र हटाइने तथा काठमाडौँ चक्रपथ सुधार योजनामार्फत नयाँ बसपार्कस्थित आकाशे पुल भत्काउने निर्णय भएको छ ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी नारायणगोपाल चोक र महाराजगञ्जको सडक सीमामा रहेका जग्गाको मूल्याङ्कन गर्ने भएको छ ।

    सडक सीमासम्बन्धी अन्योल हटाउन राजपत्र र कानूनी दस्तावेजको अध्ययन र थप परामर्श गरी सकेसम्म चाँडो नीतिगत निर्णय गर्न सडक विभागबाट पहल गर्ने पनि निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव यादवप्रसाद कोइराला, प्रधानमन्त्री केपी शर्मा ओलीका विकासविज्ञ गजेन्द्र थपलिया, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्र्की, टेलिकमका महानिर्देशक अनन्तमान सिंह, प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक लेखनाथ कोइराला, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायत सहभागी थिए ।

    चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलङ्की सडक आठ लेनमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड(कलङ्कीदेखि चाबहिल) सडक विस्तार गर्ने सहमति भएको थियो ।

    चीन सरकारले निर्माणस्थल खाली भएपछि मात्रै निर्माण शुरु गर्ने बताएको छ । सोही सडक निर्माणका लागि गत वर्षदेखि नै निर्माणस्थल खाली गर्ने काम भइरहेको छ । यस क्षेत्रमा रहेका रुख कटान, पूर्वाधार सार्ने काम भइरहेको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    विराटनगर महानगरमा अनलाइनबाट राजश्व सङ्कलन
    पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ
    प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

    • २.
      विराटनगर महानगरमा अनलाइनबाट राजश्व सङ्कलन

    • ३.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ४.
      प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

    • ५.
      बालुवाटारमा सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु

    • ६.
      रोकिएन कालीगण्डकी दोहन : संकटमा शालिग्राम

    • ७.
      फुङ्लिङमा आगलागीबाट ३३८ परिवार विस्थापित [अपडेट]

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.